0 COMMENTS

कल्पना बोहरा,अछाम ७ मंसिर/अछामका मिठु बादी यस पटक प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा भोट नहाल्ने सोचमा हुनुहुन्छ । उहाले लगातार २०६४,०७०को सबिधान सभा र २०७४ को स्थानिय निकायको निर्वाचनमा भोट हाल्नु भयो तर अब यो चुनाबमा भोट नहाल्ने मनसाय बनाउनु भएको छ ।

उहाँ भन्नु हुन्छ ‘भोटले नेताका दिन फेरीए तर आफ्ना दुखका दिन उस्तै रहेको छन । “नेताहरुले भोट माग्न आउने बेला सबै समस्या समाधान गर्ने आश्वाशन मात्र दिएर जान्छन् उहाले भन्नु भयो जिते सकेपछि अनुहार सम्म देखाउन आउदैनन् । खेतिपाति गर्नलाई जग्गा जमिन छैन,किनेर खानलाई आम्दानी छैन । कक्षा १२ पढेको छोरालाई रोजगार दिने बाचा धेरै नेताहरुले गरे,आस मात्र देखाएर भोट लगेर गए आफ्ना दुख उस्तै छ” ।

मिठुका श्रीमान् रमेश बादी मादल र सुल्पा बनाएर घर खर्च जुटाउने गर्नु हुन्छ । “पहिलेको जस्तो मादल र सुल्पा बिक्रि हुदैन, उहाले भन्नु भयो≤– कहिले काँहि बिधालयबाट अडर आएपछि मात्र बनाउने गर्छु यसले घर खर्च चलाउन मुस्किल नै पर्छ । आफ्नो समस्या नेताहरुले कहिल्यै बुझ्ने हैनन् भोटका लागि मात्र हात खुट्टा जोडेर आफुलाई जिताउनु पर्यो भन्छन् त्यसपछि फर्केर आदैनन” रमे बादीले भन्नु भयो ।

हाम्रा भोटले नेता कहा देखि कहा सम्म पुगिसके तर आफु जस्ता गरीब,पिडीएका बर्गहरुले राम्रोसग खान पाउने दिन कहिले आउने हो भनि दुखेसो पोख्नु भयो ।

यस अगाडीको चुनावमा ३ पटकसम्म एमालेका उम्मेद्धारलाई भोट हाल्नु भएकि शान्ता बादीपनि नेताहरुको कुरामा आफुलाई बिश्वाश नै नलाग्ने बताउनु हुन्छ । रोजगार दिन्छौ अब भोकै बस्नु पर्देन भनेर पहिले पनि भोट माग्न आएका थिए उहाले भन्नु भयो≤– अहिले पनि त्यहि कुरा गर्दे नेताहरु भोट माग्न आउछन् । तर यसपटक आफ्नो दुख बुझ्ने नेतालाई भोट हाल्छु । आफु जस्ता नपढेकालाई सिलाई कटाई तालिम र पढेकालाई रोजगार,र खेतिपातिका लागि जमिन दिनेलाई भोट दिन्छु भन्नु हुन्छ ।

मिठु बादीका छोरा चेतमान बादीको गुनासो पनि उस्तै छ । उहाँ भन्नु हुन्छ आफु कक्षा १२ पढिसकेको भए पनि जागीर नपाएको र नृृताले आश्वाशनमात्र दिो गरेको गुनासो गर्नु भयो । चुनाबको बेला भोट माग्न हात जोड्दै आउछन् जितिसकेपछि हामिले नमस्कार गरे पनि देखे नदेखे झै गर्छन् । खाई भोकै के छन् भनेर सोध्न सम्म आउदैनन् । उहाले भन्नु भयो पढ्ने मन हुदा हुदै पनि आर्थिक अभावका कारण पढाई छोड्नु परेको छ ।

रोजगार दिने आस धेरै नेताहरुले देखाएर, जागिरका लागि धेरै ठाउमा धेरै भौतारीए,नेताको भनसुन नलाग्दा रित्तो हात फर्किनु परेको छ । साफेबगर नगरपालिका वर्डा नम्बर ४ बुढी गगा नदिको किनारमा २ बादी परीवार बस्दै आएका छन् । यस पटक दुई परीवारबाट ९ जनाले भोट हाल्न पाउने छन् । उनीहरुले बर्षेनि बाढीको समस्या भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।