0 COMMENTS

काठमाडौँ ७ मङ्सिर ०७४ / प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवले पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सकिएपछि मतपेटिकाको ढुवानी र भण्डारण सुरक्षित गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । आजको गोरखापत्रमा खबर छापिएको छ ।

प्रमुख आयुक्त यादवसहितको आयोगको उच्चस्तरीय अनुगमन टोलीले बुधबार आकस्मिक रूपमा सोलुखुम्बु र दोलखाको स्थलगत अनुगमन गर्नेका क्रममा उनले यस्तो निर्देशन दिएको निर्वाचन आयोगले जनाएको छ ।

मङ्सिर १० मा मतदान भएपछि मतपेटिका सुरक्षित राखी मङ्सिर २१ गते दोस्रो चरणको मतदान सकिएपछि मात्रै मतगणना हुनेछ । निर्वाचन तयारी, जनशक्ति व्यवस्थापन एवम् खटनपटन र सुरक्षा बन्दोवस्तीबारे दुवै जिल्लाका अनुगमन टोलीका प्रमुख, मु्ख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूबाट डा।यादवले जानकारी लिएका थिए ।

भ्रमणमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले जिल्लामा सुरक्षा व्यवस्थासुदृढ रहेको र निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।