0 COMMENTS

कल्पना बोहरा,अछाम ६ मंसिर/नेपाली काग्रेस अछामका पुर्व पार्टी उपसभापती जयन्द्र स्वार नेकपा एमालेमा प्रबेश गरेका छन । धेरै समय देखि नेपाली काग्रेसमा आबद्ध भई सक्रिय राजनितिक गरेका स्वार बुधबार साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा भएको चुनावि सभामा एमाले प्रबेश गर्नु भएको हो ।
स्पारले पार्टी प्रबेश पछी नेता नेपाली काग्रेसमा ब्यक्तिबादी सोच हाबि भएकाले आफु एमालेमा प्रबेश गरेको बताउनु भयो । उहाँलाई नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष तथा अछाम क्षेत्र नम्बर १ प्रतिनिधी सभाका उम्मेद्धार भिम रावलले टिका ग्रहण सहीत पार्टी प्रबेश गराएका हुन ।

नेपाल विद्यार्थि सँघ अछामका अध्यक्ष, केन्द्रिय सह महामन्त्री बनिसकेका नेता स्वार यस अघिको कार्यकालमा नेपाली काग्रेसको उप सभापती हुनुहुन्थ्यो ।
सबै दलित, महीला, अपाग, पछाडी वर्गको सम्मान दिन नसक्नेको भन्दै देशको राष्टिय हितका लागि एमालेले मात्र काम गर्न सक्ने भएकाले आफु एमालेमा प्रबेश भएको दाबि समेत गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।