0 COMMENTS

कल्पना बोहरा,अछाम ६ मंसिर/नेपाली काग्रेसका पुर्ब सासद एवम् राजदुत बल बहादुर कुवरले अहिलेको निर्वाचन लोकतन्त्र र साम्यबाद बिचको लडाई भएकाले जित लोकतन्त्रको हुने दाबि गर्नु भएको छ । आज साफेबगर नगरपालिकाको वडा नम्बर ४ मष्टामाण्डौमा भएको चुनाबि आमसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्ने राजदुत कुवरले बाम गठबन्धनलाई सर्बत्र असफल बनाउनको लागि नेपाली काग्रेस कम्मर कसेर चुनाबमा होमिएको बताउनु भयो ।

कुंवरले नेपाली काग्रेसले लामो त्याग र सघर्षबाट ल्याएको लोकतन्त्र जोगाउन हरदम तत्पर रहने बताउनु भयो । कार्यक्रममा बिशिष्ट अतिथिको आसनबाट बोल्दै क्षेत्र नम्बर १प्रदेश सभाका उम्मेद्धार मेघराज खड्काले जिल्लाको समग्र बिकासका लागि आफु सदा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।

उम्मेद्धार खड्काले बुढीगगा नदिमा तटबन्धन,साफेबगर एयरपोर्ट सञचालन सगै स्तरउन्नति, साँफेलाई सुदुरपश्चीमको पहाडि जिल्लाको नमुना शहरको रुपमा बिकास गर्ने दाबि समेत गर्नु भयो । उहाले साफेबगरलाई खप्तड,रामारोशन र बैधनाथ जस्ता पर्यटकिय स्थलको मुलद्धारको रुपमा बिकास गर्ने बताउनु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथि पुर्ब पार्टी सभापति नैन सि कडायत, जिल्ला समन्वय समितिका सभापति नर बहादुर कुवर, अतिथिहरु महाधिबेशन प्रतिनिधि ध्वज बहादुर कुवर,टक्कर ताम्राकार,पशुपति खड्का, टिकाराम खनाल, टक्कर ताम्रकार, राप्रपाका केन्द्रिय सदस्य ईश्वर सुबेदी, पुर्ब पार्टी सचिब तथा क्षेत्र नम्बर १ख का प्रदेशसभाका ृउम्मेद्धार टेक बहादुर साउद, क्षेत्रिय सभापति कृष्ण बुढा, नगर बिकास अध्यक्ष मोहन कुवर, किसान सघका जिल्ला अध्यक्ष ललित कुवर,काठमाण्डौ अछाम सम्पर्क समितिका उपाध्यक्ष भक्त ठकुल्ला, यज्ञराज उपाध्याय , निर्वाचन परीचालन समितिका सयोजक राजेन्द्र कुवर, नगर सचिब तथा युवा परीचालन समिति सयोजक कृष्ण कुवर,लगायतले मन्तब्य राख्नु भएको थियो ।

वडा कार्य समितिका सभापति नौराज बुढाको अध्यक्ष्तामा भएको कार्यक्रमको सञ्चालन नेपाल प्रस युनियनका केन्द्रिय सदस्य राम बहादुर कुवरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।