0 COMMENTS

बुसुदेव सेडाइ,लमजुङ ६ मंसिर/  ठुला राजनीतिक दलहरूले अाम नागरिकमा बितृष्णा पैदा भयकाेले सम्पूर्ण नागरिकहरुकाे राेजाईमा साझा बिबेकशिल पार्टी परेको र यसैले मुलुकमा रहेका सम्पूर्ण समस्याको समाधान गरि देशमा शान्ति , सुसासन स्थाईत्व बिकास र सम्बृद्धि कायम गर्ने बैकल्पिक शक्तिकाे रुपमा बुझ्न अाम मतदाताहरुलाई साझा बिबेकशिल पार्टीकि नेतृ रन्जु दर्शनाले अाग्रह गर्नुभयकाे छ ।

निर्वाचनको पुर्बसन्ध्यामा लमजुङको बेसिशहरमा अायाेजित पत्रकार सम्मेलनमा दर्शनाले पुराना पार्टीहरु जस्तै अाफुहरुलाई पनि त्यै दृष्टिकोणले नबुझ्न अनुराेध गर्नुभयाे । साझा बिबेकसिल पार्टी देश र नागरिकको अाबस्यकताले जन्मिएको हुनाले कुनै बैदेशिक शक्तिले संचालन गरेको भन्ने कुरा भ्रम मात्रै हाे देश र नागरिकहरुकाे हित बिपरित कुनै काम गर्ने छैनाै यदि त्यस्तो देखिय नागरिकले दियकाे सझाय भाेग्न अाफुहरु तयार रहेको बताउनुभयो याे चुनाव मा राष्ट्रिय पार्टी र अर्को निर्वाचनमा मुलुककाे नेतृत्व लिन सक्षम हुने बिश्वास ब्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलन लगत्तै बिबेकसिल साझाको चुनावी सभामा बाेल्दै दर्शनाले पुराना पार्टीहरुकाे फाेहाेरि राजनीति संस्कारको अन्त्य गर्न भर्खरका युवाहरु राजनीतिमा हाेमिनु परेकाे बताउदै बिगतमा पुराना पार्टीहरुलाई पटकपटक मत दियर गल्ती गर्नुभयकाेले अब बैकल्पिक राजनीतिक दल साझा बिबेकसिललाई जिताउन अाग्रह गर्नुभयाे साेहि कार्यक्रममा बाेल्दै लमजुङ बाट प्रतिनिधि सभाका युवा उमेदवार निर्देश सिलुवालले राजनीति काे फाेहाेरि नालि सफा गर्न अाफु नालिभित्र पसेकाेले सफा गरिछाड्ने बताउदै सिङ्गै लमजुङ बासिहरुकाे साथ र सहयोगकाे अपेक्षा गर्नुभयो । अाफ्नाे राजनीति पैसा कमाउन र बिलासि जीवन बिताउनकाे लागि नभै निस्वार्थ देश र जनताका लागि भयकाेले अाफुले जित्ने बिश्वास रहेको बताउनुभयो । ऐलेकाे राजनीतिमा सम्पति हाबि भयपनि ढिलाे चाडाे जित सत्यकै हुने कुरामा अाफु बिस्वस्त रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।