0 COMMENTS

कल्पना बोहरा, अछाम ५ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार भीम रावलले जनतको मतको सदुपयोग गर्न नसक्ने पार्टीलाई भोट दिनु भनेको खेल फाल्नु भएको बताउनुभएको छ ।

सयुक्त वामगठबन्धनको चुनावी आमसभालाई आज वान्नीगढ जयगढ गाउँपालिका वडा नं.६ दर्नामा सम्वोधन गर्दै उपाध्यक्ष रावलले काँग्रेसलाई जनताले दुई तिहाई बहुमत दिए पनि मतको कदर नगरेको बताउनुभयो ।

उहाँले २०१५ सालदेखि २०५६ सालसम्म बहुमत, दुईतिहाई मत दिए पनि देश विकासमा लाग्नुको सट्टा सधै अस्थिर तर्फ धक्लेको आरोप लगाउनुभयो । देश निर्माणको लागि प्रतिस्पर्धाभन्दा पनि सत्ताको लागि आफ्नै पार्टी भित्र किचलो गरेर मुलको विकासको लागि वाधक बन्ने काम गरेको जिकिर गर्नुभयो ।

यस्तै, पदेश सभा नं. २ का उम्मेदावर झपट वोहराले दर्ना आफ्नो जन्मस्थल भएकाले यहाँको समस्यासँग आफू परिचित रहेको बताउनुभयो । आफू यस क्षेत्रबाट विजय भएपछि यहाँका विकासको लागि पहल गर्ने बताउनुभयो ।

चुनावी आमसभालाई विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तारमान स्वाँर, पोलिटव्युरो सदस्य दिपक साउद, खगेन्द्र रोकाया, झंकर साउँद, नेकपा एमालेका जिल्ला अध्यक्ष तथा पूर्व सभासद शेरबहादुर कुँवर, समानुपातिक उम्मेदवार कृष्ण प्रसाद जैशी, जंग विक, मीना साउद, झपट साउँद, माओवादी महाधिवेशन आयोजक कमिटी सदस्य ईश्वरी थापा लगायतले सम्वोधन गर्नुभएको थियो ।

यस्तै नेकपा एमाले अर्थ विभागका केन्द्रीय सदस्य केशर साउँद, भरत बहादुर ऐडी, एमाले जिल्ला कमिटी सदस्य नवराज साउँद, शिक्षक प्रतिनिधी नैनबहादुर स्वार लगायतले मन्तव्य राखेका थिए । जगतबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत मन्तव्य कृष्णबहादुर कडायडले राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।