0 COMMENTS

कल्पना बोहरा, अछाम ५ मंसिर/नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार भरत स्वारले २०६४ देखि २०७४ सम्म जनप्रतिनिधि भएर बिकासको गर्न नसकेको आरोप लगानुभएको छ ।

मेल्लेख गाउ पालिकाको वर्डा नम्बर १ र २ क्रषिदहमा आयोजित सयुक्त चुनाबि आमसभालाई सम्बोधन गर्दे जिल्ला पार्टी सभापति समेत रहेका स्वारले बिकास गर्छाे भन्दै फेरी पनि जनतालाई झुक्याउने काम भईरहेकाले अब सचेत हुन जरुरी रहेको बताउनु भयो ।

चुनाबि आम सभालाई सम्बोधन क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य ख का उम्मेद्धार टेक बहादुर साउदले काँग्रेसका उम्मेद्धारलाई जिताएर बिकास रोज्न मतदाताहरुलाई आग्रह गर्नु भयो ।

पुर्ब सञ्चार राज्य मन्त्री गोबिन्द बहादुर शाहले लोकतान्त्रिक दलले बहुमत ल्याए मात्र राष्ट्रको विकास हुने बताउनुभयो ।वडा सभापति तिलक धामिको अध्यक्षतामा भएको चुनावी आमसभामा महाधिबेशन प्रतिनिधी टक्कर ताम्राकार, जिल्ला पार्टी कोषाध्यक्ष झकर साउद, बान्नीगढी जयगढ गाउपालिकाका अध्यक्ष राजेन्द्र खड्का, नेबि सघका जिल्ला अध्यक्ष निर्प साउद लगायतका बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।