0 COMMENTS

चितवन ५मंसिर०७४/ बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जलीसभामा गीत गाउन चितवनमा गएका एक जनकलाकारको मृत्यु भएको छ ।

गीत गाएर पाख्रिन मञ्चमा बसेका थिए । उनले ‘उठ जाग यूवा’हरु बोलको गीत गाएर यूवाहरुलाई उत्साहीत बनाएका थिए ।त्यसपछि उनी मञ्चमा बसे । त्यसको केहीबेरपछि उनले अफ्ठारो भयो भन्दै असहजिलो माने । लगत्तै ढले ।

लगत्तै उनलाई अखिल क्रान्तिकारी पूर्व उपाध्यक्ष गोपाल न्यौपानेलगायतका माअ‍ोवादीका स्थानीय नेताले अस्पताल लगे । अस्पताल जाँदाजाँदै पाख्रिने बाटो वान्ता गरेका थिए । न्यौपानेका अनुसार उनको शरीर चिसो भैसकेको थियो ।उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो ।

अस्पतालमा लगेपछि त्यहाँ डाक्टरले ढिला भैसकेको खवर सुनाए ।डाक्टरका अनुसार जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघातले मृत्यु भएको हो ।

पहिला अस्पातल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टी गरे ।पछि जुन मञ्चमा उनी ढलेका थिए, त्यहीँबाट मृत्यु भएको घोषणा गरियो । भरतपुर–९ को हाकिमचोकमा आज बामगठबन्धनको चुनावी सभा थियो । त्यहीँ सहभागी हुन आएका थिए उनी । तर, त्यहीँ नै उनको अन्तिम कार्यक्रम बन्यो ।

पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए ।माअ‍ोवादीको बहुचर्चित चुनवाङ बैठकमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतालाई रुवाउने गीत उनी पाख्रिनले लेखेका थिए ।उनी पहिलो संविधानसभामा उनी सांसद थिए । उनी भरतपुर महानगरपालिका १९ का निवासी हुन् ।उनका कान्छा छोरा जनयुद्धका सहीद हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।