0 COMMENTS

 रमिला बस्नेत , उदयपुर ,मङ्सिर ४। उदयपुर ह्यान्डबल एकेडेमीका खेलाडीहरूलाई बसन्त राइ र राकेश राइले ट्रयाकसुट र जुत्ता सहयाेग गरेकाछन्। बसन्त राईले अाठाैँ अन्तर बिधालय प्रतियोगितामा २०,००० बराबरको ट्रयाक सुट र  सहयाेग गरेका छन। त्यस्तै नेपाल ह्यान्डबल संघका केन्द्रीय सदस्य तथा पुर्व खेलाडी राकेश राई द्वारा १५०००० बराबरकाे जुत्ता र ज्यामिरे थानपाेखरि मा.वि विधालयमा प्रशिक्षणका लागि खटिएका मातृका राईलाई ३००० बराबरकाे सहयाेग समेत गरिएको हाे।पुर्व राष्ट्रिय ह्यान्डबल खेलाडीसमेत रहेका बसन्त राईले उदयपुर ह्यान्डबल एकेडेमीलाई निरन्तर सहयोग गर्दै अाएकाे उदयपुर ह्यान्डबल एकेडेमीका अध्यक्ष बिदुर राईले बताएका हुन।

ह्यान्डबल एकेडेमीकाे प्राङ्गणमा अायाेजीत कार्यक्रममा जिल्ला ह्यान्डबल संघका अध्यक्ष शम्भु पाैँड्याल ,नगर प्रमुख निर्मल काजि(खगेन्द्र राई) , उदयपुर ह्यान्डबल एकेडेमीका अध्यक्ष बिदुर राई ,बुद्धिजीवी तथा समाजसेवी चुडामणि राई,ह्यान्डबल एकेडेमीका केन्द्रीय सदस्य राकेश राई, उदयपुर ह्यान्डबल एकेडेमीका महा सचिव मिलन रिजाल , प्रशिक्षक पर्बत गुरुङ ,रेफ्रि राेशन रेग्मी र खेलाडीहरू काे उपस्थितिमा समाजसेवी चुडामणि राईकाे हातबाट ट्रयाक सुट हस्तान्तरण गरिएको थियोे ।

यस्तै कार्यक्रममा निर्माणाधीनमा रहेकाे खेल मैदानकाे बिषयमा समेत छलफल गरिएको छ। उक्त खेल मैदान केही समय अगाडि मात्रै १०,००००० लागतमा निर्माण भईरहेकाे खेलमैदान यतिबेला धरान हुदै हेटाैँडा बिस्तारले उक्त खेलमैदानमा क्षति पुग्ने भएको नेपाल ह्यान्डबल संघका केन्द्रीय सदस्य तथा उदयपुरका पुर्व खेलाडी राकेश राईले बताएका छन्। अहिले उक्त खेलमैदानमा पाेखरामा हुन गइरहेको राष्ट्रिय खेल,४ महिना पछि पाकिस्तानमा हुने IHF ट्रफि र बंगलादेश ,भारत अादि देशमा हुने खेलका लागि खेलाडीले ट्रेडिङ गरिरहेका छन। खेलमैदानमा क्षति पुग्ने भएपछि खेलाडीहरु चिन्तित बनेका छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।