0 COMMENTS

ललितपुर ४मंसिर०७४/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं चुनाव प्रचारप्रसार संयोजक बालकृष्ण खाँणले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सौहार्द्रपूर्ण रुपले सम्पन्न गरिनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेस चुनाव प्रचारप्रसार चाँपागाउँ उपकेन्द्रद्वारा आयोजित चुनावि सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा जनताले आफ्नो पार्टीलाई पहिलो स्थानमा पुर्याउने र नेकाको नेतृत्वमा नै अगामी नयाँ सरकार निर्माण हुने दावि गर्नुभयो ।
संयोजक खाँणले संविधानको कार्यान्वन गर्न अगामी सरकारको नेतृत्व पनि आफ्नो पार्टीले गर्न आवश्यक रहेको चर्चा गर्दै वामगठवन्धले देशमा अस्थिरता चाहेको आरोप लगाउनुभयो ।
सो अवसरमा नेकामा प्रवेश गर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कपिल थापालाई संयोजक खाँणले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।