कल्पना बोहरा , अछाम ४ मंसिर/नेकपा एमाले प्रदेश सभा नं. १ का उम्मेदवार गोविन्द कुँवर चौरपाटी गाउँपालिकाको समृद्धिको लागि आफूले योजना बनाएको बताउनुभएको छ ।
सयुक्त वामगठबन्धनको चुनावी आमसभालाई आज चौरपाटी गाउँपालिका वडा नं. ३ गगुडामा सम्वोधन गर्दै नेता कुँवरले यस क्षेत्रको सडक, विद्युत, खानेपानी, शिक्षा लगायतका समस्याहरुको समाधानको लागि योजना बनाएको उहाँले बताउनुभयो ।
उहाँले आफू निर्वाचित भईसकेपछि उक्त योजना कार्यान्वयन गर्ने बताउनुभयो । चुनावी आमसभालाई सम्वोधन गदै प्रमुख अतिथि एमाले प्रदेश नं. ७ संगठन सदस्य तथा साफेबगर नगरपालिकाको नगर प्रमुख कुलबहादुर कुँवरले आर्थिक विकासको लागि वामगठबन्धनलाई जिातउनु पर्ने बताउनुभयो । वामगठबन्धनले जिते मात्र देशको आर्थिक समृद्धि हुने बताउनुभयो ।
यस्तै चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउदले चौरपाटी गाउँपलिका सडक र विद्युतको समस्यालाई आफूले प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।
चुनावी सभालाई नेकपा माओवादी केन्द्र आयोजक समितिका सदस्य टंक रावल, सुरत भुल, चौरपाटी चुनाव प्रचारप्रसार समितिका संयोजक रामबहादुर थापा, एमाले चौरपाटी गाउँ संगठन कमिटीका संयोजक रामबहादुर आउजी, उपसंयोजक देवबहादुर साउद, क्षेत्रीय सदस्य झंकर साउद, पूर्ण खड्का, नेताहरु पूर्ण साउद, लालबहादुर साउद, दानबहादुर साउद, रविन्द्र साउद, टेकबहादुर थापा, देविलाल पाण्डे लगायतले वोल्नुभएको थियो ।
एमाले वडा अध्यक्ष सुरतबहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शेरहबहादुर साउदले राख्नुभएको थियो । सञ्चालन विरेन्द्र साउदले गर्नुभएको पत्रकार तपेन्द्र कुँवरले जानकारी दिनुभयो ।