कल्पना बोहरा,अछाम ३ मंसिर/अछाम जिल्लाको पर्यटन बिकासमा सहयोग गर्नको लागी साफेबगर पर्यटन सुचना केन्द्रको स्थापना गरीएको छ । जिल्लामा रहेका पर्यटकिय क्षेत्र ,धार्मिक क्षेत्र तथा दर्शनीयस्थल,ऐतिहासिक घटनाक्रमका बारेमा सुचना,तथ्याक,जानकारी लिन सकिने र पर्यटन प्रबर्धनका लागी बिभिन्न कृयाकलापहरु सञ्चालन गरीने सुचना केन्द्रका सयोजक यमराज कुवरले जानकारी दिनु भयो ।
उहाका अनुसार स्थानीय बासिन्दालाई पर्यटन क्षेत्रमा सलग्न गराउने तथा धार्मिक,स्वास्थ र शैक्षिक पर्यटनको बिकास गर्ने उदेश्यका साथ २०७५ साललाई अछामा खप्तड भ्रमण बर्ष घोषणा गर्ने गरी तयारी समेत थालिएको छ ।
यस अभियानमा काठमाण्डौ र तराई क्षेत्रमा बसोबास गर्दे आएका अछामीहरु,बिद्यालय तथा क्याम्पसका शिक्षक बिद्यार्थीहरु,जिल्लामा बिभिन्न सरकारी तथा गैर सरकारी निकायमा कार्यरत कर्मचारी,ब्यापारी,उधोग बाणिज्य सघका प्रतिनिधी ,स्थानिय तहका निर्वाचित जनप्रतिनिधि ,राजनितिक दल तथा भातृ सगठनहरु,पत्रकार,तथा सर्बसाधारणहरुलाई मध्यबर्ति क्षेत्रको बिभिन्न पैदल मार्गबाट खप्तड भ्रमण गराउने उदेश्य रहेको छ ।
सुचना केन्द्रले पदमार्गको सुधार,खानेपानिको ब्यबस्था,बुढाकोट गाउमा होमस्टेटको अध्ययन र साफे बुढाकोट सडकलाई १२ महिना सञ्चालन गर्ने गरी स्तरउन्नतिको लागी सम्बन्धीत निकायसग पहल गरीरहेको कुवर बताउनु हुन्छ । यस अभियानको क्रममा बुढाकोट गाउको स्थानिय बासिन्दाको सक्रियतामा ६ वटा स्थानमा अस्थाई किसिमको बिश्राम गृहको निमार्ण गरीएको छ भने मार्गको बिभिन्न २७ वटा स्थानमा सकेत बोर्ड निर्माणका लागी ठाउ छनौट गरीएको छ ।
यस आर्थिक बर्षमा खप्तडसम्म पुग्ने पैदल मार्गको सुधार, खानेपानी निमार्ण,बिश्रामस्थल निमार्ण,जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नको लागी पर्यटन सुचना केन्द्रले साफेबगर नगरपालिकासंग २४ लाखको योजना समेत पेश सयोजक कुवरले जानकारी दिनु भयो ।