0 COMMENTS

कल्पना बोहरा,मंसिर ३ अछाम/नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्धार भरत कुमार स्वारले नेपाली जनताको अथक प्रयासबाट ल्याएको सबिधान कार्यान्वयनका लागी काग्रेसले जित्नु आवश्यक रहेको बताउनु भएको छ । मेल्लेख गाउपालिका वर्डा नम्बर ६ षोडषामा आयोजित चुनाबि आमसभामा बोल्दै जिल्ला पार्टी सभापति समेत रहेका स्वारले समृद्ध अछाम निमार्णका लागि काग्रेसलाई भोट दिन समेत आग्रह गर्नु भयो ।

सभापति स्वारले जनताको एक भोटको बदलामा काग्रेसले जनतालाई बिकास र समृद्धि फर्काउने समेत बताउनु भयो । उहाले काग्रेसको जित जनताको जित भएकाले झुटको खेति गर्नेलाई पाखा लगाउदै काम गर्ने काग्रेसलाई चुन्न आग्रह समेत गर्नु भयो । चुनाबि आमसभामा बोल्दै पुर्ब सञ्चार राज्यमन्त्री गोबिन्द बहादुर शाहले पटक पटक जिल्लाबाट चुनिएर गएका नेताले अछामको छबिस र पन्ध्र बिस क्षेत्रलाई बिगत २४ बर्ष देखि पिछडिएको क्षेत्रमा राखेर हरेक सेवा सुबिधाबाट बञ्चित गराउने षडयन्त्रकारीको अब पराजित निश्चीत रहेको बताउनु भयो ।

शाहले अछामका जनताले बिकास चाहेकाले बिकास काग्रेसले जिते मात्र सम्भव रहेको समेत दाबि गर्नु भयो । सभापति गम्भीर बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार यज्ञराज उपाध्यायको बजोड प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।