काठमाण्डाै ३ मंसीर०७४/काठमाण्डाै क्षेत्र नं ४ मा रहेकाे बुढानिलकष्ठ नगरपालीका वडा नं १० काे राप्रपाकाे वडा कमीटीका अधीकान्स सदस्यहरू गगन थापालाइ चुनवमा बीजय गराउनकालागी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।
राप्रपा र नेपाली काङ्ग्रेस बिच अाफ्ना उम्मेदवारलाइ चुनावी मैदानमा बीजय गराउनका लागी चुनाबी तालमेल रहेता पनी राप्रपामा असन्तुष्ट रहेका स्थानीय नेता तथा कार्यकर्ताकाे ठुलाे जमात हीजाे मंसिर २ गते बुढानिलकष्ठ नगरपालका वडानं १० काे मीलनचाेक पार्टी भेनुबाट नेपाली काङ्ग्रेस प्रतीनीधी सभा सदस्य उमेदवार गगनकुमार थापाकले टिका र माला लगाउदै राप्रपाका लगभग २० जना नेता,कार्यकर्ताहरू लगाएत अन्यपार्टीका सयाै कार्यकर्तालाइ अाैपचारीक तवरले अाफ्नाे पार्टी प्रबेश गराएका थीए ।
नेपाली काङ्ग्रेस नेता द्वय सुमन पाण्डे र कुन्दनराज काफ्लेकाे प्रयासबाट राप्रपाका क्षेत्रीय काेषाध्यक्ष जिबनाथ भुर्तेल(बलराम)काे नेतृत्वमा राप्रपा बुढानिलकष्ठ नगरपालीका वडा नं १० का अधिकान्स सदस्यहरू नेपाली काङ्ग्रेे प्रवेश गरेका छन् ।नेपालि काङ्ग्रेस प्रवेश गर्नेहरूमा क्षेत्रीय काेषाध्यक्ष जीवनाथ भुर्तेल (बलराम) क्षेत्रीय सदस्य रमेश मैनाली,स्थानीय निर्वाचन २०७४ का उमेदवार वडा नं १० का वडा अध्यक्ष केशव भट्टराइ, उम्मेदवार रामप्रसाद मीश्र लगायत २० जनाकाे संख्यामा काड्ग्रेस प्रवेश गरेका हुन । राप्रपा परीत्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुकाे कारण जीवनाथ भुर्तेल (बलराम) संग बुझ्दा राप्रपाले गर्ने कुनैपनी कार्यक्रमहरूमा अाफुहरूलाइ पार्टीले जानकारी नगराउने र अाफुहरूलाइ जीम्मेवारी बिहीन बनायर राखेकाे कारण पनी रहेकाे बताए र उनले तत्काल हुनगइरहेकाे प्रतीनीधी सभा र प्रदेश सभामा अाफु रहेकाे क्षेत्र नं ४ मा गगन थापा लगायत प्रदेश सभाका उम्मेदवारहरू लार्इ बीजय गराउनका लागी सहयाेग गर्ने र अाफ्नाे राजनीती अव नेपाली काङ्ग्रेस बाट शुरूगर्ने कुरा बताए ।