0 COMMENTS

कल्पना बोहरा,अछाम २ मंसिर/नेकपा एमाले उपाध्यक्ष तथा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार भीम रावलले आगामी निर्वाचन पछि रामारोशन गाउँपालिकालाई पछिडिएको क्षेत्रमा राख्ने बताउनुभएको छ । रामारोशन गाउँपालिका वडा नम्वर ५ रामारोशनमा शनिबार (आज) आयोजित संयुक्त वाम गठबन्धनको चुनावि आमसभालाई सम्बोधन गर्दै रावलले सरकारले पूर्वाग्राहीका आधारमा रामारोशनलाई सुगम क्षेत्रमा राखिएको जिकिर गर्नुभयो ।

उहाँले वामगठबन्धनले आगामी चुनाव दुई तिहाई बहुमत ल्याएर अछामका केही गाउँपालिकालाई दुर्गम क्षेत्रमा राख्ने बताउनुभयो । यस्तै रामारोशन क्षेत्रसम्म जाने बाटोको स्तरउन्नती गरिने पनि बताउनुभयो । रामारोशनलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्दै आन्तरिक तथा वाह्य पर्यटकहरुको आवगमन गरिने बताउनुभयो ।

प्रदेश सभा २ का उम्मेदवार झपट वोहराले आफू निर्वाचित भएपछि रामारोन पर्यटन मार्गको कालोपत्रे गर्नको लागि पहल गर्ने बताउनुभयो । उहाँले रामारोसन पर्यटकीय क्षेत्रको विकास गर्दै रोजगारका कार्यक्रमको विस्तार गरिने बतानुभयो ।

चुनावि आमसभालाई नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तारमान स्वाँर, पोलिटव्यरो सदस्य दिपक साउद, खगेन्द्र रोकाया, झंकर साउँद, नेकपा एमालेका जिल्ला अध्यक्ष तथा पूर्व सभासद शेरबहादुर कुँवर, समानुपातिक उम्मेदवार कृष्ण प्रसाद जैशी, जंग विक, मीना साउदले सम्वोधन गर्नुभएको थियो ।

यस्तै माओवादी केन्द्रीय आयोजक कमिटी सदस्य गोविन्द साउँद, लक्ष्मण परियार, नेकपा एमाले अर्थ विभागका केन्द्रीय सदस्य केशर साउँद, एमाले जिल्ला कमिटी सचिवालय सदस्य मानबहादुर गिरी,अनेरास्वीयुका अध्यक्ष तिलक ठकुल्ला, वुद्धिजिवी परिषदका जिल्ला अध्यक्ष केशव रावल, अछाम काठमान्डौं सम्पर्क मंचका अध्यक्ष मोहन साउद लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।