0 COMMENTS

बिराटनगर २ कार्तिक०७४/ लामो समयदेखि बिराटनगरमा बसेर अवैध हुण्डी कारोवारमा संलग्न अनुप सेठिया र उनका आफन्तहरुले अन्तर्राष्ट्रिय नेटवर्क बनाएर लाखौँ रुपैयाँ ठगी गर्ने गरेको नयाँ तथ्य खुलेको छ ।

सेठिया र उनका सहयोगीले मोबाइलमा भाइबर र एसमेएसमार्फत चिठ्ठा परेको बताउँदै नेपाली नागरिकहरुबाट लाखौँ रुपैयाँ ठगी गर्ने गरेको रहस्य खुलेको हो ।
प्रहरीका अनुसार उनीहरुले भाइबरमार्फत लाखौँको चिठ्ठा पर्यो भनेर विभिन्न बहानामा नेपालीहरुलाई आइएमईमार्फत पैसा मगाई लाखौँ रुपैयाँ ठगी गर्ने गरेका थिए ।

पक्राउ पर्नेमा मुख्य नाइके बिराटनगर–७ का ५५ बर्षीय अनुप सेठिया सहित उनका भतिजा ४० बर्षिय ललित सेठिया र सहयोगीहरु बिराटनगर–७ का २३ बर्षिय बिमलकुमार चिरानिया, २७ बर्षिय श्रवण कुमार बिश्वास , सुनसरी दुहवी नपा ६ का २९ वर्षीय बलराम बिश्वास र भारत बिहार राज्य दरबंगा जिल्ला सुन्दरपुर–२ का ३७ बर्षीय पंकज कर्णलाई नगद ४६ लाख ५९ हजार ३४५ रुपैयाँसहित पक्राउ गरेको छ ।

बिहिबार बिराटनगर मेनरोडस्थित सेठिया मार्केटमा रहेको आफिसमा छापा मारेर प्रहरीले सेठियाको नगदसहित ६ जनालाई पक्राउ गरेको थियो । उनीहरुबाट मोवाइल र पैसा बुझेका आइएमईका रसिदहरु पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ गरिएकाहरु सबैलाई ठगी आरोपमा मुद्दा चलाउन म्याद थप गरिएको र अनुसन्धान पछि सम्पत्तीशुद्धिकरणमा पनि मुद्दा दर्ता गरिने मोरङका एसपी अरुण बिसीले बताए ।

यसरी गर्थे सेठियाले ठगी
मुख्य योजनाकार रहेका सेठियाले भतिजा ललित र नातेदार बिमलकुमार मार्फत एजेण्टहरु फैलाउने गर्थे । सेठिया र उनका आफन्तहरु कोर टिममा रहेर ह्याक गरिएका मोवाइल नम्बरहरु मार्फत मोवाइलमा फोन गरेर वा भाइबरमा एसएमएस पठाएर चिठ्ठा परेको भन्दै मानिसहरुलाई लोम्याउने गर्दथे । उनीहरुले कहिले भारत कहिले पाकिस्तान, कहिले खाडी मुलुकका नम्बरहरु मार्फत फोन गर्ने र एसएमएस पठाउने गर्दथे । त्यसपछि उनीहरुले पटक–पटक सम्पर्क बनाएर भ्रम छर्दै मानिसलाई प्रलोभनमा पार्ने गर्दथे । सुरुमा धेरै पैसा पाउने लोभ देखाएर टयाक्स बापत थोरै पैसा मागेर मानिसहरुलाई जालो भित्र छिराउने गर्दथे । जालोमा परेपछि एजेन्टहरुमार्फत पटक –पटक आइएमई मार्फत पैसा मागेर असुल्ने गर्दथे । एजेन्टहरुको काम सर्वसाधारणसँग सम्पर्क बनाएर आफ्नो नामबाट पैसा जिम्मा लिएर सेठियालाई बुझाउनु हुन्थ्यो ।

यसबापत एजेन्टहरुले मोटो कमसिन पाउँथे । पैसाको आवश्यक परेका युवाहरुलाई सेठियाले एजेन्ट बनाउने गरेका थिए । पैसा लिनेमा आइएमईमा युवाहरुको नाम देखिने हुँदा प्रहरीले पटक पटक चिठ्ठामा ठगी गर्ने साना गिराहलाई पक्राउ गरेपनि मुख्य नाइकेसम्म पुग्न सकेको थिएन ।यसपटक भने प्रहरीले ठूलो माछा नै समात्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।