काठमाण्डाै २मंसिर०७४/ पर्सा प्रहरीको टाइगर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच कुटाकुट भएको छ ।एक व्यपारीले १० किलो खैनी लिएर बारा र पर्साको सीमाना सिंगहा नदीको पुलमा पुग्दा सशस्त्र प्रहरीका जवानले आफूले सो सामान समातेको र पर्सा प्रहरीको ना १ प २०७५ नम्बरको मोटरसाइकलमा सवार टाइगर टोलीका प्रहरीले पनिसोही दाबी गरेपछि विवाद बढ्दै गएर कुटाकुटसमेत भएको थियो ।सादा पोसाकमा एक्लै रहेका सशस्त्र प्रहरी जवानलाई टाइगर टोलीले कुटपीट गरेको प्रतक्ष्यदर्शीले बताएका छन् ।आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस्