0 COMMENTS

काठमाण्डाै २मंसिर ०७४/ स्थानीय चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको अवस्थामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन पनि शान्तिपूर्ण हुने सुरक्षा संयन्त्रको विश्वास थियो । आजको गोरखापत्रमा खबर छ ।

निर्वाचन आयोगसँगको परामर्शमा गृह मन्त्रालयले सुरक्षा रणनीति लागू गरिसकेको थियो । पहाडी क्षेत्रमा विप्लव र तराईमा सीमा क्षेत्रबाट भित्रिने साना हतियारलाई चुनावी सुरक्षामा असर पार्ने ‘फ्याक्टर’का रूपमा विश्लेषण भएको थियो ।

चुनाव प्रचारप्रसारको गति बढ्दै गर्दा कात्तिक २४ देखि उम्मेदवारमाथि आक्रमणको सिलसिला सुरु भयो । रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार रहनुभएका बिनाविभागीय मन्त्री शर्मामाथि आक्रमण भयो । भोलिपल्टै रोल्पामा माओवादीकै उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी बम आक्रमण भयो ।
त्यसको २४ घन्टा बित्न नपाउँदै पुनमाथि आक्रमण प्रयाससमेत भयो । बिहीबार रोल्पाको लिवाङ जाने क्रममा समेत पुनमाथि तेस्रोपटक आक्रमण भयो । कात्तिक २८ गते वाम गठबन्धनका तर्फबाट भोजपुरमा प्रदेशसभाका उम्मेदवार रहनुभएका शेरधन राईमाथि चुनाव प्रचारका क्रममा आक्रमण भयो । अङ्गरक्षक र गाडीमा क्षति पुगे पनि उहाँ सकुशल रहनुभयो ।

वाम गठबन्धनका नेता लक्षित आक्रमण भइरहेका बेला कात्तिक ३० मा रोल्पामा काँग्रेस उम्मेदवार तथा सिँचाइ राज्यमन्त्री अमरसिंह पुनमाथि आक्रमण भयो । पुन लक्षित गरी बम विस्फोट गराइए पनि उम्मेदवार पुन सुरक्षित रहनुभयो । त्यसै दिन माओवादी केन्द्रबाट गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठको गाडी लक्षित गरी आक्रमण भयो । आक्रमणका क्रममा उम्मेदवार श्रेष्ठ भने गाडीमा रहनुभएको थिएन । त्यसै दिन बागलुङको गलकोट नगरपालिकामा वाम गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको थियो ।

शुक्रबार अघिका आक्रमण उम्मेदवार लक्षित भए पनि क्षतिका दृष्टिले शुक्रबार काँग्रेस उम्मेदवार महतमाथि नुवाकोटमा भएको आक्रमणको प्रकृति फरक देखिएको छ । चुनाव प्रचारमा हिँडेका पाँच कार्यकर्ता घाइते भएका छन् । एउटा गाडी पूर्ण रूपमा क्षति भएको छ । शुक्रबार नै रोल्पामा निवर्तमान सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका रोल्पाका उम्मेदवार वर्षमान पुन र माओवादीकै दाङबाट प्रतिनिधिसभाका उम्मेदवार कृष्णबहादुर महरामाथि आक्रमण भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।