0 COMMENTS

पोखरा, २ मंसिर ०७४/ कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराले कला साधनामा लागेकाहरूलाई प्रोत्साहन पुर्याउने उद्देश्यका साथ रु ५० हजार राशिको नवीन कलाश्री पुरस्कार शुक्रबार घोषणा गरेको छ ।
वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थको ७५ औंँ जन्मदिवसका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङले कलाका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एक जनालाई प्रत्येक दुई वर्षमा पुरस्कृत गरिने जानकारी दिनुभयो ।
उक्त अवसरमा कलाकार कायस्थद्वारा सिर्जना गरिएका कलाको १२ औं एकल चित्रकला प्रदर्शनीको शिक्षाविद् जर्ज जोनले उद्घाटन गर्दै कलाका क्षेत्रमा निरन्तर समर्पित कायस्थको कलाप्रतिको लगाव सबैका लागि अनुकरणीय भएको बताउनुभयो ।
कार्यक्रममा सिर्जनशील कलाकार समूहका अध्यक्ष विश्वराज पराजुली, प्रा डा विश्व श्रेष्ठ, प्रतिष्ठानका सचिव कमल अथक, सहसचिव ज्योति गुरुङ, सदस्य विनोद सुवेदीलगायतले पुरस्कारको स्थापनाले कलाकारहरु थप प्रेरित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।