0 COMMENTS

दमौली, तनहुँ, १ मंसिर०७४/ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार नडराउने बताउनुभएको छ ।

भानु नगरपालिकास्थित थानीको थानमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा उम्मेदवार पौडेलले उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराइए पनि काँग्रेस त्यसबाट विचलित नहुने दृढता व्यक्त गर्नुभयो ।

“आततायीको त्यस किसिमको क्रियाकलापबाट हामी डराउनेवाला छैनौँ”, पौडेलले भन्नुभयो । भानु नगरपालिकाका नारेश्वरटार, भकुन्थोक र बेल्टारमा आयोजित चुनावीसभा र घरदैलो कार्यक्रममा काँग्रेस नेता पौडेल आज व्यस्त रहँदै लोकतान्त्रिक गठबन्धनका पक्षमा मतदान गर्न सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।