0 COMMENTS

कल्पना बोहरा, अछाम १ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार भीम रावलले शान्तडा देखि बाटुलासैनसम्म सडकको पहुँचका लागि पहल गरिरहेको बताउनुभएको छ ।

सयुक्त वामगठबन्धनको चुनावी आमसभालाई बाटुलासैनमा आयोजित आमसभालाई सम्वोधन गर्दै गाउँ गाउँमा सडक एमाले नेतृत्वको सरकारले थालेको भन्दै सडक नपुगेका ठाउँमा पनि सडकको पहुँच वामगठबन्धनले पुगाउने बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले लोकतन्त्रको लागि छविस क्षेत्रका धेरैले ज्यान गुमाउनु परेकोले सहित सपना पुरा गर्ने दुई पार्टी विच गठबन्धन भएको बताउनुभयो । उहाँले वामगठबन्धनको नेतृत्वमा चुनाव पछि सरकार बन्ने दावि गर्दै उक्त सरकारले आर्थिक क्रान्ति गर्ने बताउनुभयो ।

चुनावी आमसभालाई प्रदेश सभाका उम्मेदवार झपट बोहरा, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दीपक साउद, झंकर साउद, एमाले जिल्ला कमिटी अध्यक्ष शेरकहादुर कुँवर, समानुपातिक उम्मेदवार कृष्ण प्रसाद जैसी, जंग बहादुर विक,मीना साउद, केन्द्रीय आर्थिक विभाग सदस्य केसर साउद, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला उपाध्यक्ष लोकराज न्यौपान,अनेरास्ववियु जिल्ला अध्यक्ष तिलक ठकुल्ला, एमाले जिल्ला कमिटी सदस्य मान बहादुर गिरी लगायतले सम्वोधन गर्नुभएको थियो ।

जनक बिष्ट अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतव्य तर्क राज न्यौपानले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन अभिराम बटालाले गर्नुभएको पत्रकार पुष्पराज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।