0 COMMENTS

काठमाडौँ, १ मंसिर०७४/ काठमाडौँको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोकिँंदा एक अमेरिकन नागरिकको मृत्यु भएको छ ।

बिहीबार साँझ ५ बजे सडक छेउमा रोकी सामान झारिरहेको बा १४ च ४९९६ नम्बरको पिकअफ भ्यानको ढोकामा बा ५८ प ३७१८ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल सबार अमेरिकन नागरिक रोबर्ट ग्रोबरको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका ग्रोबरलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचार गर्दागर्दै आज बिहान उहाँको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न दुवै सवारी साधनका चालक र सवारी साधनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।