0 COMMENTS

नुवाकोट १मंङसीर०७४/ काङ्ग्रेसको चुनाव प्रचार टोलीमाथि लक्षित गर्दै नुवाकोटमा बम विष्फोट भएको छ । नुवाकोट निर्वाचन क्षेत्र नं १ अन्तर्गत ख का प्रदेश उम्मेदवार रमेश महतमाथि लक्षित गरेर बम विष्फोट भएको हो ।

ककनीको चियावगानमा भएको विष्फोटबाट उम्मेदवार महत सुरक्षित रहेपनि उनीसँगै रहेको अर्को गाडी एम्बुसमा परेको छ । जसका कारण कांगैसका ५ जना कार्यकर्ता गम्भिर घाइते भएका छन् । घाइतेहुनेहरुमा भेषकुमार लामा, उपेन्द्र मिश्र लगायत छन् । उनीहरुलाई उपचारका लागि काठमाडौ ल्याउने तयारी भइरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार २ वटा कुकर बम विष्फोट भएका थिए । विष्फोटबाट बा १६ च ६६५ नम्बरको गाडी पूर्णतया ध्वस्त भएको छ । महतसहितको टोली चुनावी प्रचार प्रसारका क्रममा आज बिहान ककनी पुगेको थियो । टोली ककनीमा घरदैलो सकेर चतुरचलेतर्फ जादै गरेको अवस्थामा उम्मेदवार महत चढको गाडीलाई लक्षित गरेर एम्बुस राखिएको बताइएको छ ।

महत सावर गाडी बा १४ च १६४१ नम्बरको गाडी अगाडी कटेलगत्तै सँगैको अर्को गाडी एम्बुसमा परेको हो ।यता, प्रहरीले बम आक्रमणमा तीन जना गम्भिर घाइते भएको र उनीहरुलाई हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौँ  ल्याइएकाे छ । घटना कसले घटाएको भन्ने अझै यकिन नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।