तनहुँ ३० कार्तिक०७४/ दाउराको चिर्पट प्रहार गरी बुधबार तनहुँमा जेठानले ज्वाँइको हत्या गरेका छन् । तनहुँको ब्यास नगरपालिका वडा नं १२ कर्लुङमा शम्सेर बहादुर सार्कीले म्याग्दे गाउँपालिका वडा नं १ मानुङ स्थायी घर भई हाल ब्यास नगरपालिका वडा नं. १२ कर्लुङ ससुराली गाउँमा बस्दै आएका ४२ बर्षका वीरबहादुर नेपालीको हत्या गरेका हुन् ।
दाउराले टाउको र सम्बेदनशिल अंगहरुमा प्रहार गरी घाईते भएका नेपालीलाई दमौली अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।घटनामा संलग्न प्रतिबादी सार्कीलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्