0 COMMENTS

दाङ, ३० कात्तिक ०७४/ बसको ठक्करबाट आज यहाँ एकजना महिलाको मृत्यु भएको छ ।बबई गाउँपालिका वडा नं ४ सुन्दरखाल निवासी ४५ वर्षीया हिरा रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बबई–४ सुन्दरखालमा पैदल यात्रु रानालाई ग१ख ७७०३० नंको बसले ठक्कर दिएर गम्भीर घाइते भएपछि राप्ती अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको राप्ती अञ्चल अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी खुमप्रसाद न्यौपानले जानकारी दिनुभयो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।