0 COMMENTS

रुपन्देही३०कार्तिक०७४/  पुर्व प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) ले बामपन्थीहरुको एकता राजनीतिक स्थायित्व र समृद्ध मुलुकका लागि भएको दोहोर्याएका छन् ।

विहीबारबाट भैरहवामा शुरु भएको राष्ट्रिय औद्योगिक, व्यापार, कृर्षि तथा पर्यटन महोत्सवको समुद्घाटन गर्दै प्रचण्डले भने ‘हाम्रो गबन्धन कसैको विरुद्ध होइन । मुलुकमा ५ वर्ष सम्म टिक्ने बहुमतको स्थायी सरकार सुनिश्चितता गर्दै समृद्धि तर्फ लैजान हो ।’

प्रचण्डले अब बामगठन्धनको सम्पुर्ण ध्यान उद्योग, व्यापार, कृषि र पर्यटनमाफर्त आर्थिक विकास गर्नेतर्फ हुने पनि बताए । उनले लुम्बिनीसँग आफ्नो गहिरो नाता भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री छँदा लुम्बिनीदेखी ल्हासा सम्म रेलको सपना देखेर चिनियाँ समकक्षीसँग गरेको चर्चा अहिले योजनाबद्ध ढंगले शुरु हुन थालेको भन्दै खुशी व्यक्त गरे ।

प्रचण्डले नेपालका धेरै नेताहरुमध्ये रुपन्देही ३ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार घनश्याम भुसाल विचार र विकासका हस्ती भएको भन्दै संसदमा योजनाबद्ध ढंगले कुरा राख्ने सांसदको कमी भएको बेला उनको आवश्यक्ता खड्किएको बताए ।

छेऊमै बसेका एमाले उपमहासचिव घनश्यामलाई देखाउदैं भने ‘ तपाइहरुले घनश्याम भुसाल र प्रदेश तर्फका सदस्य उम्मेदवार विश्वास बराल र तुलसीप्रसाद चौधरीलाई विजयी गराएर पठाउनुस् । यो जिल्ला मुलुकको नमूना जिल्ला बनाउन मेरो पुरै सहयोग हुन्छ ।’

लुम्बिनीदेखी ल्हासा रेल, कोरला नाका हुदैं बेलहिया सम्म यातयात, भैरहवामा सेजको सन्चालन, भैरहवालाई लोडसेडिंगमुक्त गर्न तथा लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटनको दीर्घकालिन खाका कोर्न रुपन्देहीमा बामगठन्धनको जित आवश्यक भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।