0 COMMENTS

काठमाण्डाै ३० कार्तिक०७४/ नेपाली करातेमा लामो समय देखि सक्रिय तथा नेपालमा गोजुरियो करातेको विकासमा महत्वपूर्ण योगदान गर्ने ब्यक्तिहरुको उपश्थितीमा नेपाल गोजुरियो कराते डो युजेनकाइ संघ गठन भएको छ । गणेश कार्कीको अध्यक्षतामा गठिन यो संघको उपाध्यक्षमा रामचन्द्र सुबेदी,बालकृष्ण असरपती र ऋषिकेश जंग शाह उपाध्यक्ष रहेका छन् ।
संघको महासचिवमा प्रकास कुमार चन्द, सचिवमा फूर्वा सिंह तामाङ तथा कोषाध्यक्षमा नरेन्द्र वली छन् । यसैगरी, प्रकास राइ, तिलक बहादुर योगी, मोतीराम गैहेँ, पासांग तामाङ,दलबहादुर विष्ट,मिठु कुमारी विक,पशुपती चौधरी, रमेस कुमार डागीा, निर्मला शाही, कुबेर खड्का , कृष्ण तुरुवा, दावा लामा, उमाशंकर घिमिरे र धन शाही सदस्य रहेका छन् । राष्ट्रिय खेलकुद परिषद्को दुइ जना प्रतिनिधी भने रहन बाकी रहेको छ । संघको पहिलो बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक जय बहादुर चन्द,जल विद्युत ब्यबसायी बटु लामीछाने, र नेपाल यातायाता महासंघका अध्यक्ष डोल नाथा खनाललाई मनोनयन गरेको छ ।
यसै विच, संघको तत्वाबधान तथा सुदुर पश्चिमाञ्चल गोजुरियो कराते युजेनकाइ संघको आयोजनामा पुषको १२ देखि १४ सम्म आठौ अन्तराष्ट्रिय कराते प्रतियोगिता हुन गइरहेको पनि अवगत गराउछौ । प्रतियोगितामा नेपाल, भारत, भुटान ,बंगलादेश, श्रीलंका र पाकिस्तानका गरी ७५० जना खेलाडीहरुको सहभागिता रहने छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिताको लागत २३ लाख ५० हजार रुपैया रहेको जानकारी गराइयो । पत्रकार सम्मेलनमा संघका अधीकारी सहित सल्लाहकार चन्दको पनि उपश्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।