0 COMMENTS

काठमाडौँ३० कार्तिक०७४/  नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापाले जनताको समृद्धिको चाहना काँग्रेसले मात्र पूरा गर्न सक्ने बताउनुभएको छ ।

 बूढानीलकण्ठको कपनमा बुद्धिजीवीलाई सम्बोधन गर्दै नेता थापाले काँग्रेसले जनताले दिएको जिम्मेवारीलाई पूरा गर्न सबै असन्तुष्ट दललाई एकै ठाउँमा राखेर संविधान जारी गरेको बताउनुभयो ।

  क्षेत्र नं ४ काे बूढानीलकण्ठ नगरपालीका १० काे घरदैलोका क्रममा  उहाँले भन्नुभयो, “मुलुकको हरेक राजनीतिक परिवर्तन काँग्रेसको नेतृत्व र संर्घषबाट मात्र सफल भएका हुन्, काँग्रसले जहिले पनि जोड्ने काम मात्र गर्छ, तोड्ने काम गर्दैन, देशमा शान्ति स्थायित्वका लागि काँग्रेसको जीत आवश्यक छ ।” पूर्वस्वास्थ्यमन्त्री नेता थापाले हरेक जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सस्तो गुणस्तरीय औषधि, अस्पतालमा सजिलै पहल र सबै रोगको उपचार नेपालमै हुने व्यवस्था आफूले स्वास्थ्यमन्त्री हुँदा प्रयास थालेको बताउनुभयो ।

उहाँले राजनीतिक दलका नेता बिरामी भए उपचारका लागि विदेश जाने तर जनता बिरामी भए सामान्य उपचार पनि पाउन नसक्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेस 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।