0 COMMENTS

बासुदेव सेडाइ,लमजुङ २९,कार्तिक/  एमालेका अध्यक्ष यबं पुर्बप्रधानमन्त्रि के.पि. शर्मा अाेलिले देशमा सुसासन , बिकास र सम्बृद्धिकाे लागि बामपंथीहरुकाे स्थिर सरकार अाबस्यक रहेको बताउनुभयकाे छ ।

संयुक्त बामगठबन्दनले लमजुङको बेसिशहरमा अायाेजना गरेको चुनावी सभालाई सम्बाेधन गर्दै अाेलिले उक्त कुरा बताउनुभयकाे हाे । प्रकृतिले दियकाे अपार स्राेत साधन छ हामिसंग साथै श्रमशक्ति पनि हामी किन पछाडि पर्ने ? अाेलिकाे प्रश्न थियाे । देशमा भयका प्राकृतिक स्राेत साधन त्यत्तिकै खेर जाने देशका ४० लाख युवा बिदेशीनुपर्ने अबस्था रहेकाेले यसकाे अन्त्यकाे लागि स्पष्ट बहुमतकाे बामपंथी सरकार बनाउन अाफु लागि परेको उल्लेख गर्नुभयाे ।

समय अभावका कारण चुनाव अघि माअाेबादि केन्द्र संग पार्टी एकता हुन नसकेकोले चुनाव लगत्तै पार्टी एकीकरण हुने भयकाेले बिगतमा जे जस्तो भयपनि भबिस्यलाई हेरेर एकजुट हुन बामगठबन्दनका सम्पूर्ण नेता , कार्यकर्ता र अाम मतदाताहरुलाई अाेलिले अाग्रह गर्नुभयो । राष्ट्रिय स्वाधीनताकाे रक्ष गर्न र बैदेशिक हस्तछेप राेक्नकाे लागि पनि राष्ट्रबादिहरुकाे सरकार अाबस्यक छ । बामपंथीहरुकाे सरकार बने मुलुकमा अधिनायकवाद जन्मिने खतरा रहेको भन्ने नेपाली काङ्ग्रेसको भनाइ लाई बाम एकताबाट अात्तियकाे बेलाकाे हतास मानसिकता काे उपज भयकाे तर्क थियोे । चुनाव पछि मुलुक बिकासमा अघि बढ्ने भन्दै अाेलिले लमजुङको बिशाल जनताको उपस्थितिले लमजुङमा बामगठबन्दन काे जित शुनिस्चित देखियकाेले बामगठबन्दनका उमेदवार हरुलाई शुभकामना दिनुभयकाे थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।