0 COMMENTS

काठमाडाैँ, २९ कात्तिक ०७४/ पूर्वउपप्रधानमन्त्री एवं काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले मुुलुकको आर्थिक समृद्धिको नेतृत्व काँग्रेसले मात्र गर्नसक्ने बताउनुभएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले यहाँ आज आयोजना गरेको कार्यक्रममा नेता सिंहले काँग्रेसले अवलम्बन गरेको आर्थिक उदारीकरणका कारण मुलुकमा औद्योगिक, व्यापारिक, जलविद्युत्, सडक, शिक्षा, स्वास्थ्य, हवाई यातायात, सञ्चार र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउनुभयो ।

उहाँले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले चुनेका प्रतिनिधिले बनाएको संविधानले नेपालको राजनीतिक व्यवस्थाको टुंगो लगाइसकेको हुनाले अब आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेता सिंहले जनताको आर्थिक विकासको एजेण्डा नभएका दलले जनताका प्रतिनिधिले बनाएको संविधानको मर्मविपरीत कम्युनिष्ट शासन स्थापना गर्ने सपना देखेको आरोप लगाउनुभयो ।
कार्यक्रममा काठमाडौँ क्षेत्र नं १ को प्रदेशसभा (क) का काँग्रेसका उम्मेवार दीपेन्द्र श्रेष्ठ र (ख)का उम्मेदवार सुरज लामिछानेले काँग्रेसले युवालाई समेत जिम्मेवारी दिएको उल्लेख गर्दै लोकतन्त्रको संरक्षण, पूर्वाधार विकास, आर्थिक समृद्धिका लागि काँग्रेसलाई अत्यधिक मतले विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वअध्यक्ष चूडाराज उप्रेतीले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धि काँग्रेसबाहेक अरुले दिन नसक्ने भन्दै निर्वाचनमा काँग्रेसलाई बहुमतमा पु¥याउन बुद्धिजीवी सबै लाग्नुपर्ने बेला आएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना, नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसी, प्राध्यापक गुणनिधि न्यौपाने, नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष केशवानन्द गिरी, नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौला, प्रजातन्त्रवादी कानून व्यवसायी संघका अध्यक्ष भरत खरेल, प्रशासन तथा व्यवस्थापन केन्द्रका अध्यक्ष डिल्लीप्रसाद शिवाकोटी, नेपाल सांस्कृतिक संघका महासचिव शिवशंकर रिजाल, नेपाल इञ्जिनियर्स एशोशियसनका अध्यक्ष हरेराम श्रेष्ठ, नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्ति श्रेष्ठ, नेपाल प्राध्यापक संघका खुमा शर्मालगायतले आसन्न निर्वाचन लोकतन्त्रवादी र कम्युनिष्टका बीचको जनमतसंग्रहका रुपमा आएकाले लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई बहुमतले विजयी बनाउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।