0 COMMENTS

कल्पना बोहरा, अछाम २९कार्तिक/नेकपा एमालेका उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधी सभाका उपाध्यक्ष भीम रावलले वामपन्थी र पार्टी एकता राष्ट्रको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ । सञ्चारकर्मीसँग कुराकानी गर्दै रावलले नेकपा एमाले र माओवादी विचको गठबन्धनले स्थिर सरकार निर्माणसँगै राष्ट्र समृद्धिको दिशातिर अघि बढ्ने बताउनुभयो ।

संविधानले सामाजिक–आर्थिक रुपान्तरणसहित समाजवाद उन्मुख व्यवस्थातर्फ मार्गनिर्देशन गरेकाले उक्त काम वामगठबन्धनले मात्रै गर्न सक्ने बताउनुभयो । उहाँले वामगठबन्धनले देशको आर्थिक रुपान्तरणको लागि महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो ।

‘काँग्रेसका नेताहरु चुनाव हार्न डरले अहिले वामगठबन्धनको शासन आए राष्ट्रको लागि अनष्टि हुने भन्दै अभिव्यक्ति दिन थालेका छन ।’ पूर्व उपप्रधानमन्त्री रावलले भन्नुभयो–‘ वामगठबन्धन एकाताले राष्ट्रको लागि अनष्टि नहुने भई काँग्रेसको अनिष्ट हुनेछ ।’ उहाँले भन्नुभयो वामगठबन्धनले मंसिर २१ गते पछि दुई तिहाई बहुमत ल्याएर विजयी भएपछि काँग्रेसको लागि पक्कै अनिष्ट हुनेछ ।

‘हामी समाजवादतर्फ त जाने नै हो ।’ उहाँले भन्नुभयो– ‘गास, वास, कपास मात्रै होइन र सम्पूर्ण आधारभूत आवश्यकता, सुरक्षा दिने, सम्मानित भएर बाँच्न सक्ने, जनताका निम्ति हेरविचार गर्ने सरकार निमार्ण गछौं, त्यसका लागि वाम गठबन्धनलाई भोट दिनुस् ।’

अबको सत्ता पूँजीपतिहरुका लागि मात्र नभई जनताका लागि हुने भन्दै ओलीले त्यही सत्ता नै समाजवाद भएको बताउनुभयो । अहिले वाम गठबन्धनप्रति जनताको विश्वास रहेको भन्दै रावलले एकता प्रयासलाई समेत सकरात्मक लिएकोले विश्वास भत्किन नदिने बताउनुभयो । पूर्वउप्रधानमन्त्री रावलले वाम गठबन्धनले चुनाव पछि जनताले चाहेको सरकार गठन गर्ने बबताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।