हेटाैँडा, २८ कात्तिक ०७४/ आज साँझ यहाँ खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालकाअनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्द खुकरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सीताराम धिताल, उहाँका १६ वर्षीय छोरा सुमन र छिमेकी ६५ वर्षीय जीतबहादुर ब्लोनको ज्यान गएको हो । एक जनाको घटना स्थलमै मृत्यु भएको थियो भने बाँकी दुईको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बराइलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बराइलीको मानसिक सन्तुलन ठिक नभएको र उनले आवेगमा आएर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्