0 COMMENTS

काठमाडौँ, २८ कात्तिक ०७४/ एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा नेपालले सबैभन्दा बलियो मानिएको टोली फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो ।

यसअघि, गत चैतमा भएको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलले पराजित भएको थियो । खेल बराबरी भएपनि नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यसअघि, चार खेल खेलेको नेपाल तीन खेलमा हार तथा एक खेलमा बराबरीको नतिजा ल्याएको थियो । समूह एफमा रहेको फिलिपिन्सको आजको खेलपछि नौ अंकका साथ शीर्ष स्थानमा रहन पुग्यो भने चार खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ ।

अनिल गुरुङबाट सन्न्यास

फिलिपिन्सविरुद्धको खेलसँगै ५०औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षीय नेपाली टोलीका स्ट्राइकर अनिल गुरुङले आज अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट सन्न्यास लिनुभएको छ ।

खेलको ८२ औँ मिनेटमा सुजल श्रेष्ठको ठाउँमा मैदान प्रवेश गर्नुभएका उहाँलाई एन्फाले आज एक समारोहवीच बिदाइ गरेको छ । दशवर्षे आफ्नो खेल जीवनमा अनिलले आजको खेलसँगै ५० औँ अन्तर्राष्ट्रिय खेल पूरा गर्नुभयो ।

आफ्नो खेल यात्राभर उहाँले अहिलेसम्म १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् २००७ मा ओमनविरुद्वको अन्तर्राष्ट्रिय खेलबाट डेब्यु गर्नुभएका अनिलले सन् २००८ मा नेपालमा नै भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गर्नुभएको थियो ।त्यस्तै सन् २०१३ को साफ च्याम्पियनसिपमा उहाँले भारतविरुद्धको खेलमा १०औं अन्तर्राष्ट्रिय गोल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।