0 COMMENTS

कल्पना बोहरा , अछाम २८ कार्तिक/चुनावको मिति नजिकिदै जाँदा अछामका उम्मेद्वारहरु जनमत आफ्नो पक्षमा पार्न गाउँ केन्द्रित अभियानमा लागेका छन् । चुनावी कार्यक्रममा उम्मेद्वारले पुरानै बिकास योजनाहरु लिएर भोट मागिरहेका छन् ।

यस अघिका चुनाबमा पनि विभिन्न दलका नेताले बिकास निमार्ण लगाएतका योजना ल्याएर भोट मागेका थिए । यो चुनावमा पनि राजनितीक दलहरुले सोही योजनाहरु दोहोर्याउने गरेका छन ।

मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेद्वारहरुले अछाममा विकास निर्माणका योजनाहरुको ओइरो लगाएका छन् । पूर्व उप प्रधानमन्त्री समेत रहेका रावलले आगामि निर्वाचनमा वाम गठबन्धनले जीतपछि मात्र समग्र देशको बिकास हुने दाबि गरेका छन ।

उहाँले भन्नु हुन्छ सेती लोकमार्ग खप्तड सम्म पुर्याउने, समजिगाड जलविद्युत आयोजनाको लागि आफुले १५ लाख छुट्याएको र साफेबगर बिमान स्थल, बुढीगंगा हाईड्रोपावर, चित्रे ईकडी गाडमा पुल पनि आफ्नो पहलमा निर्माण भईरहेको दाबि गर्दछन ।

यस्तै प्रदेश सभा १ का उम्मेवदार गोविन्द कुँवरले लालपूर्जा विहिन जनतालाई लालपूर्जा वितरण गर्दै घरवासको ब्यवस्था मिलाउने आवश्वन दिएका छन ।

स्वाँर भन्नु हुन्छ यो चुनावमा आफुले निते जिल्लाका बिभिन्न सडकहरुमा बजेट बिनियोजन गर्ने र देशलाई बिकासको बाटो तिर लैजाने दावी गर्दै आएका छन् । यस क्षेत्रका नागरिकले परिवर्तन चाहेको, त्यसैले आफु परिर्वतनका लागी लड्दै आएको भन्दै जित निश्चित रहेको दाबी गरेका हुन् । यस्तै प्रतिनिधी सभा क्षेत्र नं. २ का उम्मेद्धवार पूष्पबहादुर शाहले पनि आफु बिकासका योजनालाई नै प्राथामिक्ता दिने बताउछन ।

नेताहरु एकले अर्कालाई कमजोर देखाएर चुनाव जित्ने सपना बोक्दै जनताका बिचमा गइरहेका उम्मेद्वारहरुसँग नयाँ योजनाहरु भने भेटिँदैनन् । सडक निर्माण गर्ने, पुल निमार्ण, खानेपानी बनाउने, बिद्यालय भवन बनाउने, सभा हल बनाउने, बिमानस्थल बनाउने, बृद्धभत्ता बढाउने लगाएतका पुरानै योजनाहरु लिएर  मत माग्दै आइरहेका छन् ।

देशमा बढदो बेरोजगारको समस्यालाई बेरोजगार युवाहरुलाई कसरी रोजगारी दिने, गरीवी कसरी न्युनीकरण गर्ने, अशिक्षा, असमानता जस्ता बिषयहरु खासै प्राथमिकतामा परेका छैनन् । विसं २०४८ मा रावल काँग्रेस उम्मेदवार बलबहादुर कुँवरसँग पराजित हुनुभएको थियो भने २०५१ सालको निर्वाचनमा रावलले काँग्रेसका गोविन्दबहादुर शाहलाई पराजित गर्नुभएको थियो ।

यस्तै विसं २०५६ को चुनावमा रावल काँग्रेस उम्मेदवार गोविन्दबहादुर शाहसँग पराजित हुनुभएको थियो । रावलले २०६४ सालको संविधान सभाको पहिलो निर्वाचन प्रत्यक्षतर्फ नलडे पनि उहाँ समानुपातिकतर्फबाट सभासद बन्नुभएको हो । रावलले २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा काँग्रेस उम्मेदवार मेघराज खड्कालाई पराजित गर्नुभयो ।

रावलका प्रतिस्प्रदी स्वाँर विसं २०४९ देखि २०५४ सम्म जिल्ला विकास समितिको सभापति रहनुभएको थियो । उहाँ पहिलो पटक प्रतिनिधिसभाको चुनाव लड्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।