0 COMMENTS

खोटाङ, २८ कात्तिक ०७४/ नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ ।

आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको गएराति भिरबाट लडेर मृत्यु भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी घर भएका ४९ वर्षीय विश्वकर्मा आइतबार काँग्रेसको टोलीसँग गाउँमा भोट माग्न जानुभएको थियो । गाउँमा भोट मागेर राति घर फर्किएका उहाँको स्थानीय साल्लेभिरबाट लडेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

घरबाट बिहान सबेरै हिँडेका उहाँ रातभर नआएपछि खोजी गर्ने क्रममा सोमबार मृत फेला पारिएको मृतकका आफन्तले बताएका छन् । शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ ।

मृत्युको बारेमा अनुसन्धान गर्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।भिरबाट करिब २० मिटर तल मृतावस्थामा भेटिएका उहाँ लामो समयदेखि राप्रपाका क्रियाशील कार्यकर्ता रहेको जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।