कल्पना बोहरा,अछाम २७ कार्तिक /नेपाली कांग्रेस अछाम क्षेत्र नंं १ का प्रतिनिधि सभा उम्मेदवार भरत कुमार स्वाँरले एमाले उपाध्यक्ष भिम रावललाई पराजित गर्ने दाबी गरेका छन् ।
नेपाली कांग्रेस अछाम क्षेत्र नंं १ का प्रतिनिधि सभा उम्मेदवार भरत कुमार क्षेत्र नं. १ को पातलकोटमा भएको चुनावी आमसभामा प्रमुख अतिथिको आसनबाट बोल्दै स्वाँरले आगामी मंसिर २१ गते हुने निर्वाचनमा आफ्नो जित निश्चित रहेको बताएका हुन ।
बिगतमा अछामबाट जितेका रावलले जिल्लाका लागी कुनै काम नगरेकाकले यसपटक जनताले आफुलाई जिताउनेमा ढुक्क रहेको बताउनु भयो । कांग्रेस अछामका पार्टी सभापती समेत रहेका स्वाँरले भन्नुभयो यस क्षेत्रका नागरिकले परिवर्तन चाहेका छन, त्यसैले आफु परिर्वतनका लागी लड्दै आएको भन्दै जित निश्चित रहेको दाबी गरेका हुन् ।
कार्यक्रममा बिशिष्ट अतिथी प्रदेश सभा उम्मेद्धवार मेघराज खड्काले मंसिर १० र २१ गतेको निर्वाचन कम्युनिष्ट र लोकतन्त्र पक्षधर बीचको जनमत संग्रहण जस्तै भएको भन्दै काँग्रेस बाहेक अर्को कुनै शक्तिले लोकतन्त्रको रक्षा गर्न नसक्ने दाबी गर्नुभयो
साथै उहाँले कांग्रेसको नेतृत्वमा जारी भएको वर्तमान संविधान कार्यान्वयन पनि कांग्रेसले मात्रै गर्न सक्ने भएकाले कांग्रेसलाई जिताउनु आग्रह गर्नुभयो ।
कार्यक्रममा कांग्रेस जिल्ला सदस्य लालबहादुर कुवँर, चक्र बोगटी, क्षेत्रिय सचिव रेवन्त ठकुल्ला, तरुण दलका केन्द्रिय पासर्द राजेन्द्र कुवँर, नेबिसंघका अध्यक्ष नृप साँउद, साँफेबगर नगर सचिव कृष्ण कुवँर लगायतले मन्तव्य राख्दै अछामको विकासका लागी कांग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए ।