0 COMMENTS

काठमाडौँ, २७ कात्तिक०७४/ नेपाल पत्रकार महासंघले ‘टिभी टुडे’का संवाददाता कान्ता गिरी र फोटो पत्रकार दर्शन खत्रीमाथि समाचार संकलनका क्रममा हातपात गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति निकाली घटनामा संलग्नलाई कानूनी कारवाही गर्न र प्रेस स्वतन्त्रता विरोधी घटना दोहोरिन नदिन सरकारसँग माग गर्नुभएको छ । विज्ञप्तिमा निर्बाधरूपमा समाचार संकलन र संप्रेषण गर्न पाउने पत्रकारको संवैधानिक र कानूनी अधिकार कुण्ठित गर्ने यस प्रकारको घटनाको महासंघले विरोध र भत्र्सना गरिएको छ ।

शैक्षिक संस्थामा पूर्वजानकारी गराएर समाचार संकलनका लागि गएका पत्रकारमाथि दुव्र्यवहार गर्नु र प्रहरीले नियन्त्रणमा लिनुजस्तो घटनाले प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको महासंघको ठहर छ । आइतबार ‘इन्ष्टिच्यूट अफ मेनेजमेन्ट स्टडिज’ का सञ्चालक भावना राणा र त्यहाँका कर्मचारीले समाचार संकलनका क्रममा गिरी र खत्रीलाई गालीगलोज गर्नाका साथै क्यामेरा र मोबाइल नियन्त्रणमा लिई हातपातको प्रयास गरेको जनाइएको छ ।

घटनालगत्तै पुगेको प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई सिंहदरबार वृत्तमा करिब चार घण्टा राखिएको थियो । पछि पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको पहलमा आइतबार साँझ पत्रकारद्वयलाई मुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।