0 COMMENTS

काठमाडौँ, २७ कात्तिक ०७४/ नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं २ ले आज कामपा–३२ स्थित कोटेश्वर महादेव मन्दिरमा पूजा गरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार अभियान शुरु गरेको छ ।

प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वसांसद दीपकप्रसाद कुइँकेल तथा उम्मेदवार प्रदेशसभा २ (क) का लोकेश ढकाल, प्रदेशसभा २ (ख) मनहरि खड्का र समानुपातिककी प्रतिमा गौतमले महादेवको पूजा गर्दै घरदैलो अभियानको प्रारम्भ गर्नुभएको हो ।

कार्यक्रममा काँग्रेस नेता एवं पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरे, काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ, २ नं क्षेत्रीय सभापति उपेन्द्र कार्की, कामपा ९ नं वडा समिति सभापति भीमार्जुन आचार्य र वडा नं ३२ सभापति सुभाषचन्द्र पराजुली, प्रदेश समन्वय समितिका संयोजक शिक्षित पराजुलीलगायतले काँग्रेसले प्रजातान्त्रिक मूल्यमान्यताको रक्षाका लागि निर्वाचन जित्नैपर्नेमा जोड दिनुभयो ।

मंगलबार बिहान कामपा वडा नं ९ को घरदैलो कार्यक्रम बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा रामको पूजा गरी शुरु गरिने प्रचारप्रसार समितिका संयोजक कार्कीले जानकारी दिनुभयो । सो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता माधवकुमार नेपाल प्रतिष्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।