0 COMMENTS

कल्पना बोहरा कात्तिक २८, अछाम/नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष तथा अछाम क्षेत्र नंं १ प्रतिनिधि सभाका उम्मेवदार भीम रावलले सुन्दर पर्यटकिय स्थल खप्तडलाई पर्यटकिय केन्द्रको विकासका लागि आफुले गुरु योजना तयार पारेको बताउनु भयो ।

साफेबगर नगरपालिका वडा नं.१२ खप्तडमा भएको संयूक्त वाम गठबन्धनको चुनावि आम सभालाई सम्बोधन गर्दै संयूक्त वाम गठबन्धनको रावलले सो कुरा बताएका हुन ।

उहाँले आफु २०५१ सालमा पर्यटन साँस्कृतिक उडयन राज्यमन्त्रि हुदाँ गुरुयोजना बनाए पनि अस्थिर सरकारका कारण कार्यन्वयनमा समस्या आएको बताउनु भयो ।

पूर्व उप प्रधानमन्त्री समेत रहेका रावलले आगामि निर्वाचनमा वाम गठबन्धनको जीतपछि अब बन्ने सरकारले उक्त गुरु योजनालाई कार्यन्वयन गरेर खप्तड पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने बताउनु भयो ।

उहाँले पर्यटकिय क्षेत्र खप्तड सम्म जाने सडक पुर्याउने बताउदै खप्तडको विकास गरी आन्तरिक र बाह्य पर्यटकलाई भित्राएर पूर्वाधार निर्माण तयार गरी प्रसिद्ध पर्यटक स्थलबारे राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने बताउनु भयो ।

साथै उहाँले सेती लोकमार्ग खप्तड सम्म पुर्याउने, समजिगाड जलविद्युत आयोजनाको लागि आफुले १५ लाख छुट्याएको र आफ्नो पहलमा पुत्रि ईकडी गाडमा पुल निर्माण भईरहेको बताउनु भयो ।

अछाम प्रदेश सभा १ का उम्मेवदार गोविन्द कुँवरले लालपूर्जा विहिन खप्तडका दलित समुदायलाई आफु निर्वाचित भईसकेपछि तत्काल पहल गर्ने, लालपूर्जा विहिन जनतालाई लालपूर्जा वितरण गर्दै घरवासको ब्यवस्था मिलाउने आवश्वन दिनु भयो ।

यस्तै माओवादि केन्द्रका पोलिटब्यूरो सदस्य दिपक साँउदले आफ्ना कार्यकतालाई कुनै संकुच नमानी वाम गठबन्धनका साझा उम्मेवदारलाई मतदान गरी बहुमतले विजय गराउन निर्देशन दिनु भयो ।

चुनावि आमसभामा एमाले प्रदेश सदस्य तथा साफेबगर नगरपालिकाका मेयर कुल बहादुर कुँवर, प्रदेश समानुपातिक उम्मेवाद कृष्ण प्रसाद जैशी, जंग विक, माओवादि केन्द्रका केन्द्रिय आयोजक कमिटी सदस्य टंक रावल, शिक्षक महासँघका केन्द्रिय महासचिव तिलक कुवर, अनेरास्ववियू जिल्ला अध्यक्ष तिलक ठकुल्ला लगायतले सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।