0 COMMENTS

 अछाम २७ कार्तिक ०७४/ अछामको बुढीगंगा नदिमा बेवारिसे लास भेटिएको छ । साफेबगर नगरपालिका ४ पक्की पुल नजिकै बुढीगंगा नदिको बीचमा रहेको अवस्थामा बेवारिसे लास देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

आइतबार साझ करिब ५ बजे प्रहरीको एक टोलिले लासलाई ईलाका प्रहरी चौकी साफेबगरमा राखिएको र मृतकको साथमा ८४३० रुपैयाँ नगद र एक नेपाली र अर्को भारतीय सिम कार्ड भएको लाभा कम्पनीको मोबाईल भेटिको थियो । मृतकको थर ठेगान केहि नखुलेको र आज बिहान लासको पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मंगलसेन पठाइएको ईलाका प्रहरी कार्यालय साफेबगरका प्रहरी निरीक्षक महेन्द्र बहादुर कलौनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।