0 COMMENTS

कल्पना बोहरा,कात्तिक २७ अछाम/अछाम जिल्लामा यतिबेला विभिन्न राजनीतिक दलका चुनावी कार्यक्रमले गाउँ बस्तीमा रौनक छाएको छ । आउँदो मंसिर २१ गते दोस्रो चरणको निर्वाचन अन्तरगत हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न दलहरुले गाउँ बस्ती केन्द्रित कार्यक्रम गरिरहेका छन् ।

वाम गठबन्धन र नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु अहिले सहर छोडेर गाउँ बस्ती केन्द्रित भई मतदाता भेटघाट र चुनावी कार्यक्रममा व्यस्त छन् ।नेपाली राजनीतिका मुख्य हस्ती यवम नेकपा एमालेका उप प्रधानमंन्त्री तथा केन्द्रिय उपाध्यक्ष समेत रहेका रावल अछाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनमा लड्दा जिल्लाको चुनावी चहलपहलले थप चर्चा पाएको छ ।

नेपाली राजनीतिको केन्द्र भागमा व्यस्त रहने रावलले कार्तिक १६ गते निर्वाचन आयोग अछाममा आफ्नो उम्मेदवारी दर्ता गराएपछि मतदाता भेटघाट थालेका हुन । रावल अहिले वाम गठकन्धनले आयोजना गरेका कार्यक्रमका साथै स्थानीय बुद्धिजीवी, शिक्षक, कर्मचारीसँगको छलफल तथा भेटघाटमा व्यस्त रहेका नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरले बताए ।

अछाम जिल्लाबाट ४ पटक प्रत्यक्ष चुनाव लडेका रावल २ पटक विजयी बन्नु भएको थियो भने २ पटक पराजय हुनुभएको थियो । उहाँ २०६४ सालको संविधान सभामा समानुपातिक सूचिमा रहि अछामबाट ३ पटक जनप्रतिनिधि बनिसकेका छन् ।

२०५१ सालमा राज्य मन्त्रीको जिम्मेवारी समालेका रावलले विभिन्न समय गरी ३ पटक मन्त्री, एकपटक उप प्रधानमंन्त्रीमा रहि सरकार संचालनको लामो अनुभव बटुलिसकेका छन् । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष, बौद्धिक नेताको रुपमा स्थापित रावलको निर्वाचन क्षेत्रलाई देशै भरबाट निकै महत्वका साथ हेरिएको छ ।

रावल बेरोजगारी समस्याको समाधानका साथै स्वास्थ्य, शिक्षा, सडक, संचार र कृषि लगायतका क्षेत्रको स्तरोन्नति, लगाएतका एजेण्डा सहित चुनावी प्रचार प्रसारमा तिब्रताका साथ लागीरहेका छन ।

वाम गठबन्धनका साझा उम्मेदवार रावलसँग नेपाली काँग्रेसका जिल्ला सभापति एवं पूर्व जिल्ला विकास समिति अछामका सभापति समेत रहेका भरतकुमार स्वाँर चुनावी मैदानमा छन् ।

सबै क्षेत्रबाट निकै महत्वका साथ हेरिएको अछाम जिल्ला क्षेत्र नम्बर १ मा वाम गठबन्धन र नेपाली काँग्रेस बिच कडा प्रतिस्पर्दा हुने देखिन्छ । यस्तै अछाम क्षेत्र नं २ मा नेकपा एमालेका जिल्ला सचिव यज्ञ वहादुर बोगटी र नेपाली काँग्रेसका पुर्व पार्टि सभापती पुष्प वहादुर शाह चुनाबी मैदानमा उत्रिएका छन । एमाले सचिव बोगटी नेकपा माओबादी केन्द्र र नेकपा एमालेका साझा उम्मेद्धार हुन भने नेपाली काँग्रेसका पुर्व पार्टि सभापती शाह राप्रपाको साथ लिएर उम्मेद्धार बन्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।