0 COMMENTS

काठमाण्डाै२६  कात्तिक २०७४/ प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। गोरखा नगरपालिका–१३ मझुवा प्रहरी चौकीले गोरखा नगरपालिका–६ का १८ वर्षीय समिन जोशी र वडा नं.११ का १८ वर्षीय सुनिल गुरुङ शनिबार लागूऔषधसहित पक्राउ परेका हुन्। उनीहरुको साथबाट ३२ एमपुल डाइजेपाम, ३२ एमपुल नुफिन र ३२ एमपुल फिनारागन बरामद भएको डीएसपी भेषराज रिजालले जानकारी दिए । पक्राउ परेका जोशी र गुरुङलाई लागूऔषध नियन्त्रण ऐन २०२७ अन्तर्गत मुद्दा दर्ता गरी १० दिन म्याद थपेर आवश्यक अनुसन्धान गरिरहेको डीएसपी रिजालले बताए। प्रहरीले उनीहरूले प्रयोग गरेको बा ६३ प ७९८४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।