0 COMMENTS

काठमाडौं २५कार्तिक०७४/ उपत्यकामा पहिलो पटक निजी स्तरको क्लवको आयोजनामा हुन लागेको ए डिभिजन फूटवल प्रतियोगिता हुने भएको छ । विभिन्न शिर्षकमा गरेर ११ लाख ५१ हजार रपैयाँ भन्दा बढी पुरस्कार राशीको व्यवस्था भएको ए डिभिजन फूटवल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

चन्दागिरी नगरपालिका नैकापको ब्राइट युथ क्लवले आगामी कात्तिक २८ गतेदेखि मंसिर ५ गतेसम्म फूटवल प्रतियोगिता गर्न लागेको क्लवका उपाध्यक्ष कृष्ण बस्याल किसनले जानकारी दिए ।

प्रतियोगितामा ७ वटा ए डिभिजन क्लवका साथै आयोजक ब्राइट युथ क्लव सहित ८ वटा टिमको सहभागिता रहने छ ।
कृष्ण बस्याल किसनले जानकारी गरए अनुसार प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस, एपिएफ, संकटा, हिमालयन शेर्पा, फ्रेन्डस्, जाउलाखेल युथ र आयोजक ब्राइट युथ क्लवको सहभागिता रहने छ ।

काठमाडौंको पहिलो पटक निजी स्तरको क्लवले ए डिभिजन फुटवल गरेर इतिहास रच्न लागेको आयोजक क्वलका अध्यक्ष रमेश बुढाथोकीले बताए । उनी फुटवलका पूर्वं राष्ट्रिय खेलाडी पनि हुन् ।

प्रतियोगितामा प्रथम हुनेले ५ लाख रुपैयाँ नगदसहित गोल्ड ट्रफी प्राप्त गर्ने छ । त्यस्तै दोस्रो हुनेले २ लाख ५० हजार नगदका साथ ट्रफी पाउने छ । प्रतियोगिता भरिको बेस्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही ३० हजार रुपैयाँका दरले पुरस्कार दिइने क्लवका उपाध्यक्ष किसनले बताए । त्यस्तै हरेक खेलमा म्यान अफ द म्याच बन्ने खेलाडीले ३ हजार रुपैयाँ पाउने छन् ।

हरेक म्याच खेल्ने क्लवलाई ३० हजार रुपैयाँ दिइने उनले बताए । प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री राजन केसीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।