0 COMMENTS

काठमाडौँ, २५ कात्तिक०७४/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गरेको आरोपमा नेदरल्याण्डका नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरस्थित एक होटलमा यौन दुराचार गर्दैै गरेको अवस्थामा नेदरल्याण्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ क्रियुजेसेनलाई यौन दुराचार अपराधअन्तर्गत जिल्ला अदालत काठमाडौँबाट मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।बाल दुराचार अपराधमा अधिकतम १३ वर्षसम्म कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।