0 COMMENTS

काठमाडौं२५ कार्तिक०७४/ पश्चिम रुकुममा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको २४ घण्टा हुन नपाउँदै रोल्पामा अर्का उम्मेदवारमाथि आक्रमणको प्रयास भएको छ ।
रोल्पाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङमा माओवादी नेता वर्षमान पुन अनन्त चढेको गाडीमा माइन बिस्फोट भएको छ । विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको हो ।विस्फोट भएपनि पुनलगायतका कार्यकर्ता सबै सुरक्षित रहेका छन् । गाडीमा भने सामान्य क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।