0 COMMENTS

बैतडी, २४ कात्तिक ०७४/ आगामी निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

आगामी मंसिर ५ गतेदेखि मतगणना नसकुन्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । मंसिर ५ गतेदेखि जिल्लाभरि नै मदिराको कारोबारमा रोक लगाइने उहाँले बताउनुभयो । मदिराका कारण चुनावी सुरक्षामा खलल पर्ने भएकाले मदिराको कारोबारमा रोक लगाउने निर्णय भएको हो ।

मदिराको कारोबार रोक्नका लागि प्रत्येक स्थानीय तह र प्रहरी युनिटमा परिपत्र गरिसकिएको छ ।
निर्वाचनलाई लक्षित गरेर सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा मंसिर १० गते निर्वाचन हुदैछ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।