0 COMMENTS

नुवाकोट, २३ कात्तिक ०७४/ आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा आवश्यक मतपत्र जिल्ला आइपुगेको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने ६५ प्रकारका सामग्रीमध्ये जिल्लामा खरिद गर्नुपर्नेबाहेक आयोगबाट पठाउनेमध्ये मुख्य मानिएको मतपत्र बुधबार जिल्ला आइपुगेको हो । नुवाकोटमा कायम रहेका मतदाता संख्याभन्दा बढी हुनेगरी मतपत्र जिल्लामा आएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ क्षेत्र नं १ का लागि एक लाख १९ हजार, प्रदेश सभातर्फ (क) का लागि ५९ हजार र (ख) का लागी ६० हजार थान मतपत्र आएको छ । यस्तै, समानुपातिकतर्फ एक लाख १९ हजार मतपत्र आएको क्षेत्र नं १ का निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिनुभयो ।

क्षेत्र नं २ का लागि प्रत्यक्षतर्फ एक लाख १६ हजार मतपत्र जिल्ला आइपुगेको छ । प्रदेश सभातर्फ (क) र (ख) का लागि समान ५८÷५८ हजार थान मतपत्र आएको छ । २ नंं क्षेत्रको समानुपातिकतर्फ एकलाख १६ हजार थान मतपत्र आएको मुख्य निर्वाचन अधिकृत शाहले जानकारी दिनुभयो ।

मतपत्र नेपाली सेनाको सुरक्षा घेरामा ल्याएर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको छ । नुवाकोटमा कुल मतदाता दुई लाख आठ हजार १९१ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।