0 COMMENTS

लमजुङ, बेसीशहर, २२ कात्तिक ०७४/लमजुङ प्रहरीले लागुऔषधसहित आज सुन्दरबजार–९ सिउँडीबारबाट दुई भारतीयसहित तीनजनालाई पक्राउ गरेको छ । 

गस्तीका क्रममा आज दिउँसो सुन्दरबजार सिउँडीबारबाट भारत मोतिहारीका असरफ अली र अबुल कायस तथा सुन्दरबजारका विकास न्यौपानेबाट लागुऔषध दुईसय एमएल मात्राका डाइजोपाम, फेनारगन र नुफिन एक÷एकवटा, ११ ग्राम गाँजा र रिफआइ नाम भएको लागुऔषध ५६ ट्याब्लेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।