0 COMMENTS

काठमाडौँ, २२ कात्तिक०७४/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोग्राम चरेससहित एक युक्रेनी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

काठमाडौँबाट जेट एयरवेजको उडानद्वारा मुम्बई हुदै युक्रेन जान लागेका युक्रेनी नागरिक वलेक्सि लोलेन्कोको सुटकेश जाँच गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो ।ब्युरोका अनुसार सुटकेसभित्र रहेको जुत्ता र डाबर च्याबनप्रासको डिम्बामा लुकाई उनले चरेस लैजान लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।