0 COMMENTS

कमल न्यौपाने,काठमाडौं२२ कार्तिक / भक्तपुर मनोहरा खोलानजिक ट्याक्सीभित्र एक व्यक्तिको शव फेला परेको छ । बा १ ज १०४० नम्बरको ट्याक्सीभित्र रातो ज्याकेट लगाएका व्यक्ति मृत फेला परेका हुन् ।

दिब्यश्वरी प्लानिङको खाली जग्गामा रोकिराखेको ट्याक्सीको पछाडिको सिटमा शव फेला परेको प्रहरीले जनाएको छ । टाउकोमा ढुंगाले हानेको जस्तो घाउ भएकाले कसैले हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताए । प्रसाईका अनुसार घटनाबारे अनुसन्धान गर्न भक्तपुर प्रहरीको टोली अहिले घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।